शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न
काठमाडौं । शौर्य सिमेन्टको आयोजनामा भएको मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ भन्ने मूल नाराका साथ मधेश प्रदेशस्तरमा गरिएको सो कार्यक्रममा एक सय ५० वटाभन्दा बढी आवेदन परेको थियो ।
आवेदन परेकाबाट दोस्रो चरणमा ७५ जनालाई छनोट गरिएको थियो । छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो । उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ, जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनुपर्नेछ । तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गतेसम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाइ ५–५ हजार नगद प्रदान गरिने छ ।
उक्त कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरीका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया