Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीद्वारा नेपालभर फास्ट चार्जिङको विस्तार

बीवाईडीद्वारा नेपालभर फास्ट चार्जिङको विस्तार


काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटडले नेपालभर फास्ट चार्जिङ सेवा विस्तार गर्ने भएको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले पहिलो चरणमा ११ स्थानमा चार्जिङ सेवा विस्तार गरेको छ ।

कम्पनीका अनुसार देशका मुख्य ११ स्थानहरूमा डीसी फास्ट चार्जर जडान गरी विद्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न कम्पनी सफल भएको छ । नयाँ जडित डीसी फास्ट चार्जर पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मूलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ । यी चार्जरहरूमध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मूलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट पावर आउटपुट दिने कम्पनीले जनाएको छ । यसैगरी कम्पनीद्वारा पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको छ । यी चर्जिङ पूर्वाधारहरूको सर्वसुलभ र व्यापक स्थापनाले सवारीसाधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाई अझै स्पष्ट पारेको कम्पनीको दाबी छ ।

विद्युतीय साधन चार्जिङ स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै कम्पनीले चार्जिङ नेटवर्कहरूको थप विकास र विस्तार गर्ने योजना राखेको छ । साथै, डिसेम्बर २०२३ को अन्त्यसम्ममा थप १८ वटा डीसी फास्ट चार्जरहरू सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । बीवाईडी अट्टो थ्रीका लागि ८८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङको प्रयोग गर्न सकिन्छ भने बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ । यसले ३० देखि ४५ मिनेटमा बीवाईडी विद्युतीय साधनहरूलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया