Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिकोशी प्रदेशको नाम खारेजको माग गर्दै मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

कोशी प्रदेशको नाम खारेजको माग गर्दै मुख्यमन्त्री कार्कीलाई कालो झण्डा


मोरङ । कोशी प्रदेशको नाम खारेजको माग गर्दै झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाइएको छ । आज(मंगलबार) मुख्यमन्त्री कार्कीविरुद्ध परिचानवादीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उनीमाथि त्यस्तो घटना भएको हो ।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन् ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया