काठमाडौं । यतिबेला संसद्को सार्वजनिक सुनुवाई समितिप्रति देशको ध्यान तानिएको छ । समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित छ जना न्यायाधीशहरूको सुनुवाई चलिरहेको छ । समितिले आह्वान गरेको उजुरीका सन्दर्भमा उजुरीकर्ताका दाबीलाई समितिले सम्बन्धित व्यक्ति नै बोलाएर उजुरीमा थप हुनुपर्ने विवरणहरूमाथि पनि सुनुवाई भइसकेको छ । यसै हप्ता प्रस्तावित न्यायाधीशहरूको जवाफ आउने छ । त्यसपछि समितिबाट भाबी न्यायाधीशका लागि सिफारिस गर्ने÷नगर्ने निर्णय हुनेछ । विगतका उदाहरण हेर्दा जस्तासुकै उजुरी परे पनि संवैधानिक निकायका पदाधिकारीमा प्रस्तावितमध्ये अपवादबाहेकलाई अस्वीकृत गरेको छैन । एकजना प्रधानन्यायाधीशको नाम भने अपवादमा परेको थियो । तर त्यो राजनीतिक आग्रहबाट भएको भनेर त्यसैबेला आलोचित भएको थियो । यसका बाबजुद जतिसुकै गम्भीर आरोप लागे पनि समितिले उजुरी आह्वान गर्नेलगायतका प्रक्रियाहरू पूरा गरेर सिफारिस गरेकै पाइन्छ ।
यस्तो कार्यले सम्बन्धित पदाधिकारीमाथि लागेका आरोपहरूले तर्कसंगतरूपमा जवाफ पाउने गरेको अवस्था पनि नदेखिएको र त्यस्तो आशा पनि मर्दै गएको अवस्था छ । यसपटक समितिले यस्तो परम्परा तोड्न सक्ला भन्ने चौतर्फीरूपमा प्रश्न खडा हुँदैछ । पछिल्लो समय प्रस्तावित भएका छ जना न्यायाधीशमध्ये दुईजना माथि गम्भीर आरोप लागेका छन् । त्यसमाथि प्रधानन्यायाधीशकै रोलक्रममा परेको भनिएका व्यक्ति नै यसभित्र परेको अवस्थाले त न्यायालयको भावी नेतृत्व कस्तो होला भन्ने आमतहमा नै जिज्ञासा बढिरहेको अवस्था छ । यद्यपि आरोपितले जवाफ दिन भने बाँकी नै छ । उनीमाथि लागेका आरोपको जवाफ कस्तो आउला भन्ने छँदैछ । आरोप भने यस्तो रह्यो– धरौटी नराखी दर्ता भएका भन्सारको मुद्दा फैसला गर्दा २८ करोड १७ लाख २६ हजार सात सय ३३ रुपैयाँ राजस्व खातामा दाखिला नभई निर्णय बदर भएको छ । नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेको प्रमाण मिसिल रहँदारहँदै चमेलियाको फैसला गर्दा ३७ करोड ९७ लाख ११ हजार २१ रुपैयाँ फैसला गर्दा नेपाल सरकारलाई नोक्सान भएको छ । उहाँबाट यी फैसलाहरू पुनः हेर्ने उहाँ आफैँले त हेर्न मिल्दैन । त्यसैले यस्ता मुद्दाको पुनरावेदनसमेत सर्वोच्चबाट हुने अवस्था नरहेकाले उहाँलाई न्यायाधीश पदमा नियुक्ति गर्न मिल्दैन भन्ने मेरो उजुरी हो । संविधान, कानुनमा भएका कुरालाई पनि तलमाथि पारेर उहाँले मुद्दा फैसला गर्ने गम्भीर त्रुटि गर्नुभएकाले उहाँको नियुक्ति अनुमोदन नहोस् भनेर हार्दिक अनुरोध गर्दछु ।
यस्तै, अरू न्यायाधीशमाथि ज्यानमुद्दामा रकम कलमको लेनदेनबाट अभियोगीलाई छुटाइदिएको भन्ने आरोप लागेको छ । त्यो आरोपको सत्यता कतिसम्म देखिन्छ भने उता उनका विरुद्ध समितिमा सुनुवाइ चलिरहँदा सर्वोच्चले नै उनले गरेको फैसला उल्टाइदियो र अभियोगी पुपक्र्षका लागि जेल परे, पीडितहरूको उजुरी पनि यस्तै थियो । न्यायका लागि पीडितहरू बितेको सयभन्दा बढी दिनदेखि परिवार नै धर्नामा बसिरहका थिए । यही क्रममा त्यस्तो फैसला गर्ने न्यायाधीशका विरुद्ध सुनुवाई समितिले उजुरी माग ग¥यो र यिनै पीडितले व्यक्ति हत्याको मुद्दामा साधारण तारेखमा छाडिदिएको भन्ने उजुरी परेको थियो ।
उजुरीकर्ताको यस्तो आरोपमा प्रस्तावित न्यायाधीशले कस्तो जवाफ दिन्छन् भन्ने यी सबैले पनि चासो बढाएको हो । त्यसमाथि समितिले गर्ने सिफारिसले पनि धेरै कुरा बताउँछ । यसको जवाफ तर्कसंगत भएन भने यस्ता सुनुवाई केवल औपचारिकता निर्वाहमा मात्रै सीमित रहेको भन्ने सन्देश जान्छ । यस पटक त्यस्तो नहोस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया