Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपर्साका १७७ उद्योग आर्थिक मन्दीका कारण बन्द

पर्साका १७७ उद्योग आर्थिक मन्दीका कारण बन्द


वीरगञ्ज (पर्सा) । आर्थिक मन्दीका कारण पर्सामा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले घरेलु तथा साना उद्योगहरु धमाधम बन्द भएको बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आर्थिक बर्ष २०७९/८० मा रु. एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको र उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया