Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअदालतको आदेशपछि पनि नागरिकता नपाएको गुनासो

अदालतको आदेशपछि पनि नागरिकता नपाएको गुनासो


काठमाडौं । विभिन्न तहका अदालतले नागरिकताको प्रमाणपत्र दिनु भनी आदेश दिएपनि अझै पाउन नसकेको भन्दै पीडितले गुनासो गरेका छन् । ‘नागरिकता तथा व्यक्तिगत घटना दर्ताका मुद्दामा फैसला कार्यान्वयनको अवस्था’ विषययमा बुधबार महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा पीडितले फैसला गर्नेसँगै नागरिकता लिन जाऊ भनी जिल्ला प्रशासन कार्यालयका कर्मचारीले भन्ने गरेको गुनासो गरेका हुन् ।

कार्यक्रममा फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक सरोजराज रेग्मीले निरन्तर सहजीकरण गरेपनि अदालतले गरेका सबै फैसला कार्यान्वयन नहुँदा नागरिकता पाउनबाट अझै बञ्चित हुने अवस्था रहेको स्वीकार गरे । अदालतले गरेका फैसला कार्यान्वयनमा निर्देशनालय लागिरहने प्रतिबद्धता उनले जनाए । कार्यक्रममा सानुमैयाँ क्षेत्री, अविनाश थापा र नेहा थापाले अदालतले नागरिकता दिनू भनी फैसला गरेर पटकपटक जिल्ला प्रशासन कार्यालय धाउँदा पनि नागरिकता पाउन नसकेको गुनासो गरेका थिए । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया