सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकको नारायणहिटीपथस्थित प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहका बीच सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहनराज काफ्लेले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षणसम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानुन तथा स्वीकृत लेखा परीक्षण मापदण्डभित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले सम्पादन गर्ने भएको छ । बैंकले हाल देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया