१४ किलो सुन प्रकरणमा विमानस्थल सरसफाइका सुपरभाइजर पक्राउ
काठमाडौं । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । उनलाई छानबिन समितिले नियन्त्रणमा लिएको हो ।
यहि मंसिर २१ मा विमानस्थल भन्सार कार्यालयको टोलीले विमानस्थलबाट गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो । घले दुबईबाट ल्याएको सुनसहित पक्राउ परिपछि उनको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । चन्द्र घले सुनको ‘भरिया’ भएको प्रहरी र भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरूको अनुसन्धानबाट खुलेको छ । चन्द्रले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको तर सो योजना सफल नभएपछि चन्द्र घले पक्राउ परेका थिए । डस्टबिनमार्फत सुन बाहिर ल्याउने ‘सेटिङ’मा संलग्न रहेको देखिएपछि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका एक अधिकृतले बताएका छन् । उनका अनुसार समितिले आज एक जनालाई पुनःपक्राउ गरेको र छानबिन पुरा गरेर यथार्थ बाहिर ल्याउने छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया