स्थानीय अर्थतन्त्रलाई एडिबीको १६ अर्ब ६० करोड सहयोग
काठमाडौं । जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले बिहीबार स्वीकृत गरेको हो ।
एडिबीको प्रधान कार्यालय मनिलाबाट बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो । नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले गरिएको उक्त वित्तीय प्याकेजअन्तर्गत ६० करोड रुपैयाँ अनुदान सहायता हो ।
त्यस्तै, एडिबीले पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकालाई सात अर्ब ५० करोड रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ । विशेष गरि दिगो पर्यटन विकास गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नका लागि उक्त सहायता उपलब्ध गराउने भएको बताइएको छ ।
प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी यहाँको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने पोखरा महानगरपालिकाको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको बताइएको छ । एडिबीको उक्त वित्तीय प्याकेजमार्फत सहरी विकास तथा भवन निर्माण विभाग र पोखरा महानरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् ।
लामो प्रयत्नपछि सहायता पाउन सफल भयौं: मेयर आचार्य
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एसियाली विकास बैंकसँग निकै लामो प्रयत्न गरेर सहायता प्राप्त भएको बताएका छन् । सहायताका लागि प्रमुख आचार्य स्वयं एडिबीको प्रधान कार्यालय रहेको फिलिपिन्सको मनिला पुगेर प्रयत्न गरेका थिए । पोखरा महानगरमा एडिबी युनिटका लागि फोकल पर्सनसहित १० जना कर्मचारी रहने गरि छुट्टै कार्यालय स्थापनाको काम अघि बढेको छ ।
पोखराका लागि ३२ वटा परियोजना प्रस्ताव गरिएकामा सात वटा परियोजनाका काम अघि बढेको प्रमुख आचार्यले बताए । प्रमुख आचार्यका अनुसार परियोजनाभित्र पोखराको नयाँ विमानस्थलदेखि लेकसाइडसम्म जाने फष्टट्रयाक, शान्तिवन बाटिकामा बोटानिकल गार्डेन निर्माण, पञ्चासे क्षेत्रको विकास, केआइसिंह पुल क्षेत्रको विकास, लेखनाथमा प्रवेशद्वार निर्माण, पोखराको ऐतिहासिक पुरानो बजार रामकृष्ण टोल र गणेश टोलको विकासलगायत समेटिएका छन् ।
पोखराका लागि प्राप्त सहायता हालसम्मकै ठूलो हो । एडिबीले यसअघि ल्याण्डफिल्ड साइट निर्माण र ढल निर्माणमा सहायता गरेको थियो । यसले पोखराको दियो पर्यटन विकासका लागि महत्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया