Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगन डीपल एस ०७ ईभी नेपालमा सार्वजानिक गर्ने तयारी

चांगन डीपल एस ०७ ईभी नेपालमा सार्वजानिक गर्ने तयारी


काठमाडौं । थाइल्याण्ड इन्टरनेशनल मोटर एक्स्पोमा सबैभन्दा बढी बुकिङ प्राप्त गरी चम्किएको चांगन डीपल एस ०७ ईभी एसयुभीलाई नेपालमा सार्वजानिक गर्ने तयारी थालिएको छ ।

चीनको प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड चांगन डीपले २०२३ सालको थाइल्याण्ड अन्तर्राष्ट्रिय मोटर एक्स्पोमा अत्यन्त चर्चित बनेको थियो । ब्रान्डको फ्ल्यागशिप मोडेल एस ०७ ईभी एसयुभीले उक्त शो अवधिभर एकल मोडेलको लागि सबैभन्दा धेरै बुकिङहरू प्राप्त गर्दै थाई इलेक्ट्रिक वाहन बजारमा आफ्नो स्थानलाई बलियो बनाएको हो । नोभेम्बर ३० देखि डिसेम्बर ११ सम्म आयोजित प्रतिष्ठित ४०औँ थाइल्यान्ड इन्टरनेशनल मोटर एक्स्पोमा एस ०७ ईभी एसयुभी ३२ सय भन्दा बढी बुकिंग भएको थियो ।

थाइल्याण्डमा प्राप्त सफलतापछि चांगन डीपलले अब नेपाललाई आफ्नो अर्को लक्षित बजारको रूपमा लिएको छ । नेपालमा चांगनका लागि अधिकारिक वितरक एमएडब्लू वृद्धिले सन् २०२४ को पहिलो त्रैमासिकमा एस ०७ ईभी एसयुभी औपचारिक रूपमा लन्च गर्ने जनाएको छ । चांगन डीपल एस ०७ एसयुभीले सुविधाहरूको प्रभावशाली दायराहरुलाई समेट्छ । यसमा शक्तिशाली इलेक्ट्रिक मोटर, लामो दूरीसम्म टिक्ने ब्याट्री, स्लीक र आधुनिक डिजाइन, उन्नत प्रविधि लगायतका विशेषताहरु छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया