महिन्द्राको एक्सयूभी शोरुम धनगढीमा
काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले धनगढीमा शोरुम स्थापना गरेको छ । सो शोरुमबाट महिन्द्राका फ्ल्यागशिप ग्लोबल एसयूभीहरू स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) को बिक्री गरिनेछ ।
साथै यसका अन्य सेवा र पार्टपुर्जाहरू समेत शोरुम पाईनेछ । कम्पनीले काठमाडौं, इटहरी, जनकपुरधाम, चितवन लगायतका ठाउँहरूमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीयस्तरमा धनगढीमा पनि स्थापना गरेको हो । महिन्द्राका एक्सयूभी शोरुमको उद्घाटन सुदुरपश्चिम प्रदेशका मन्त्री प्रकाश बहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा र महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र धनगढी, कैलालीका आधिकारिक डिलर ठाकुर मोर्टसका सञ्चालक हरिशङ्कर ठाकुर लगायतको उपस्थितीमा भएको थियो ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माका अनुसार धनगढी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने मूल उद्देश्य राखेर यो नयाँ शोरुम स्थापना गरिएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया