Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा प्याब्सनमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा प्याब्सनमा


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले निजी तथा आवासीय विद्यालयहरूको संस्था (प्याब्सन) मा डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिनुका साथै सो कार्यक्रमका लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यो व्यवस्थापछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भई विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरूलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ । साथै, डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । मङ्सिर २०८० मा हुन गइरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षासम्बन्धी व्यक्तित्वहरूको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता रहने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया