Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबालिका करणी गर्नेलाई जन्मकैदको फैसला

बालिका करणी गर्नेलाई जन्मकैदको फैसला


तनहुँ । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै, निजलाई छ लाख रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो । रासस


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया