Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकेन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप संकलन गर्ने

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप संकलन गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम संकलन गर्न लागेको हो ।

राससले जनाएनुसार केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप संकलन गर्न लागेको जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया