बलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउ
काठमाडौं । बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् । प्रहरीले काठमाडौं बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पीडित किशोरीले दिएको जाहेरीका आधारमा गत साता पक्राउ गरेको हो ।
पीडित भनिएकी १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन् । अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बुझिएको छ । प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत एक वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ । गोरखा स्थायी घर भएका देवकोटाको काठमाडौंस्थित घरबाट गत तिहारको समयमा पीडित किशोरी यौन अत्याचार सहन नसकेर निस्किएकी थिइन् ।
देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् । नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ । हाल दुबै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
देवकोटा, हिसिला यमी मन्त्री हुँदाका पिए समेत हुन् । तर माओवादी विभाजनदेखि नै देवकोटा बाबुराम भट्टराई र हिसिला यमीसँग छुटिएका थिए ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया