रोल्स रोयसले नौ हजार रोजगारी कटौती गर्ने
अमेरिका, जेठ ८
जेट इन्जिन उत्पादन गर्दै आएको रोल्स रोयसले ९ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । बीबीसीका अनुसार हवाइ उद्योग विश्व महामारीको प्रभावबाट तंग्रिन वर्षौँ लाग्ने भन्दै कम्पनीले उक्त निर्णय गरेको हो । कम्पनीले विश्वभर रहेका ५२ हजार रोजगारीमध्ये उक्त संख्यामा कटौती हुने जनाएको छ । ९ हजार रोजगारी कटौती गर्दा कम्पनीको ७० करोड पाउन्ड स्टर्लिङ बचत हुनेछ । वार्षिक रुपमा कम्पनीले १ अर्ब ३० करोड पाउन्ड बचतको लक्ष्य राखेको छ । त्यस्तै कम्पनीले आफ्ना प्लान्टलगायतका क्षेत्रमा पनि खर्च कटौती गर्ने जनाएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया