पोको एम ५ नेपालमा
काठमाडौं । इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा बजारमा सार्वजनिक गरिएको छ । यो फोन गेमिङको मजा लिनेहरूका लागि लक्षित गरी बनाइएको हो ।
कम्पनीका अनुसार ४/ ६४ जीबीलाई मात्र २० हजार चार सय ९९ रुपैयाँ र ६/१२८ जीबीलाई मात्र २३ हजार नौ सय ९९ रुपैयाँमा किन्न पाइनेछ । पोको एम ५ मिडियाटेक हेलियो जी ९९ चिपसेटसहित आउँछ, जसले सिमलेस मल्टिटास्किङ र गेमिङ अनुभव सुनिश्चित गर्छ । यस ६ एनएमको प्रोसेसर पहिलेको नै शक्तिशाली मिडियाटेक हेलियो जी ९६ को अपग्रेड हो । जुन ३० हजार रुपैयाँभन्दा माथिका स्मार्टफोनमा मात्र पाइन्छ । यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृष्ट बनाउँछ ।
पोको एम ५ को एक उल्लेखनीय फिचर भनेको यसको ९० हर्जको डायनामिक स्विच डिस्प्ले हो । साथै, यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्लेसहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्छ । पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । यस स्मार्टफोनको पाँच हजार एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५वाटको फास्ट चार्जरको मद्धतले दिनभरको निर्बाध प्रयोगलाई सुनिश्चित गर्छ ।
सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोन चाहेको ग्राहकहरूलाई बलियो प्रदर्शन, उत्कृृृष्ट डिस्प्ले, लामो ब्याट्री लाइफ, आकर्षक डिजाइन, र भर्साटाइल क्यामेरा प्रणालीको संयोजनले पोको एम ५लाई एउटा आकर्षक विकल्पको रूपमा स्थापित गरेको छ । उत्कृष्ट फिचर र आकर्षक प्रदर्शनसहितको किफायती मूल्यमा पाइने पोको एम ५ ले पोकोको लिगेसीलाई कायम राखेको छ । पोको एम ५ ले किफायती मूल्यमा प्रिमियम अनुभव प्रदान गर्दै बजेट स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने बाचा गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया