Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस रोनिन ‘मोर्डन–रेट्रो’ सार्वजनिक

टीभीएस रोनिन ‘मोर्डन–रेट्रो’ सार्वजनिक


काठमाडौं । टीभीएस मोटर कम्पनीले टीभीएस रोनिन ‘मोर्डन–रेट्रो’ नेपालमा सार्वजनिक गरेको छ । टीभीएस रोनिन कम्पनीको पहिलो ‘मोर्डन–रेट्रो’ तीन अनस्क्रिप्टेड लाइफस्टाइलको मोटरसाइकल हो ।

कम्पनीले नेपालमा टीभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ । कम्पनीका अनुसार टीभीएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ । २२५ सीसीको यस मोटरसाइकलको तौल १६० केजी छ भने यसले २०.४ पीएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसनजस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टीभीएस रोनिन नेपाली बजारमा टीडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबीएस) मा उपलब्ध हुनेछ । यसको मूल्य नेपालमा चार लाख ४९ हजार नौ सय रुपैयाँ तोकिएको छ । टीभीएस रोनिन नेपाली बजारमा सार्वजनिक गरिएको अवसरमा आठ स्थानीय ब्लगर/इन्फ्लुएन्जर/सोसेल मिडिया कन्टेन्ट क्रिएटरहरूले टीभीएस रोनिनको प्रक्षेपण समारोहमा सवारी समेत गरेका थिए । आठ दिने यस सवारी काठमाडौंबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहालगायत पहाड, हिमाल र तराईका विभिन्न भू–भागमा करिब एक हजार तीन सय किलोमिटरको दूरी पार गरी काठमाडौंमा समापन भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया