Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं, समृद्धि फाइनान्सले मंसिर २९ गते शुक्रबार पुतलीसडक शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरूको सूचीमध्ये मंसिर महिनाको लागि तय भएको कार्यक्रमहरूको रूपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले पद्मोदय उच्च माध्यमिक विद्यालय काठमाडौंमा कक्षा १२ का ५० जना विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ । त्यस्तै, मंसिर २३ गते शनिबारको दिन मधुवन शाखाले बराहक्षेत्र ११ का ५६ जना स्थानीय बासिन्दालाई रेमिट्यान्स सम्बन्धित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया