प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सुविधामा छुट
काठमाडौं,प्रभु क्यापिटल लिमिटेडले भैरहवामा अवस्थित सिद्धार्थगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यावसायिक सम्झौता गरेको छ । आइतबार भएको उक्त सम्झौता दुई वर्षका लागि भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिँदा हस्पिटलले दिँदै आएको ओपीडी टिकट, ल्याब इन्भेस्टीगेसन, एक्स से (युएसजी, ईसीजी), जनरल बेड चार्ज, क्याबिन (आईसीयू, एनआईसीयू, सीसीयू), अपरेसन चार्ज, सिटी स्क्यान, फिजियोथेरापी आदि सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहकले आफ्नो डिम्याट इन्फरमेसन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखामा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
‘बिरामीको सुविधालाई ध्यानमा राखी स्वास्थ्य सेवाको पहुँच आमसमुदायमा पु¥याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाडौं, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यतालाई चिर्दै हस्पिटलले सम्पूर्ण सेवाहरू प्रदान गरेको छ । तसर्थ, यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आह्वान गर्दछु ।’ भनी यस अस्पतालका बिजनेस म्यानेजर पंकजकुमार पाण्डेयले भने । लुम्बिनी रोड भैरहवा अवस्थित सिद्धार्थगर सिटी हस्पिटल आधुनिक प्रविधियुक्त एक उत्कृष्ट हस्पिटल हो, जसमा विशेषज्ञ डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेका छन् ।
१०० शैयाको यो हस्पिटलमा २४सै घण्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिसलगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याबिन सुविधाहरू छन् । प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई मर्चेन्ट सेवा दिने, पुँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना उत्पादन तथा लगानी योजनासँगै सामाजिक उत्तरदायित्व बहन साथै यस्ता व्यावसायिक सम्झौतामार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया