प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता
चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा थप सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ । चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन सहकार्य वृद्धि गर्नेगरी प्रहरी अस्पताल महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयबीच सोमबार सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित सम्झौता–पत्रमा हस्ताक्षर कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले यो सहकार्यले दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रमहरूमा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको बताए ।
यसको दुवै निकायको क्षमतामा थप वृद्धि हुने उनको विश्वास थियो । यसअघि पनि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको स्मरण गर्दै उनले प्रहरीको क्षमता अभिवृद्धि तथा कार्य सम्पादन प्रणालीलाई सबल बनाउन काठमाडौं विश्वविद्यालयले विगतदेखि नै सहयोग गर्दै आएको बताए । यस्तै उनले सम्झौता कार्यान्वयन गर्न आवश्यक संयन्त्रसहितको काम अगाडि बढाउन अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेसनमा विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने बताए । साथै, आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने बताए । सम्झौतापत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रमहरूमा सक्रियरूपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवद्र्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवम् स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमहरूको विकास र कार्यान्वयनका सम्भावनाहरू अन्वेषण गर्ने उल्लेख गरिएको छ ।
विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीहरूको सिप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आ–आफ्ना संकायहरूका लागि संयुक्त प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने, अनुसन्धान निष्कर्षहरू, प्रकाशनहरू र शैक्षिक सामग्रीहरूसहित शैक्षिक जानकारी दिने, अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधाहरू, उपकरण र विधिहरूमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रियरूपमा प्रवद्र्धन गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ । सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्ष अवधिको लागि लागू हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया