Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधवैदेशिक रोजगारीको नाममा ठगी गर्ने महिलासहित मेनपावर संचालक पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने महिलासहित मेनपावर संचालक पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी कार्य गरेको अभियोगमा एक महिलासहित मेनपावर संचालक पक्राउ परेका छन् । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ मेनपावरका संचालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेकी ४० वर्षीया सोफि मल्ल पक्राउ परका हुन् ।

उनीहरुले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाईदिन्छु त्यसको लागि एक लाख २५ हजार रुपैयाँ खर्च लाग्छ भनि ठगी गरेका थिए । साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ४० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै साहलाई विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।

साहबाट पटकपटक गरी एक लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलार्य पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया