Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधवैदेशिक रोजगारीको लागि दुबई पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको तार्केश्वर बस्ने चितवनका ४० वर्षीय नविन खड्का र तार्केश्वरै बस्ने हेटौडाकी ३३ वर्षीया चमेली चुहान पक्राउ परेका हुन् ।

उनीहरुले जगत बहादुर बिष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ३० लाख रुपैयाँ खर्च लाग्छ भनि ठगी गरेका थिए । दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी उनीहरुले प्रलोभनमा पारी बिष्टबाट पटकपटक गरी तीन लाख रुपैयाँ रकम लिई उनीहरु सम्पर्कविहीन भएका थिए ।

काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज नविन खड्का र चमेली चुहानको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई मंगलबार बालाजुबाट र नविन खड्कालाई नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जानकारी गराएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया