Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडाबर नेपालद्वारा इजी हेल्थकेयरलाई २५ लाख

डाबर नेपालद्वारा इजी हेल्थकेयरलाई २५ लाख


काठमाडौं । डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई)लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन(इएचसीएफ)लाई २५ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा डाबर नेपालका अध्यक्ष तथा एमडी ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस प्रमुख हरकिरत बेदीले सो रकम फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।

एचआर प्रमुख अनिल पुरी, इएचसीएफका निर्देशक रोहित रौनियार, इएचसीएफका संरक्षक उज्ज्वल विक्रम थापाको उपस्थितिमा इएचसीएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई २५ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने प्रतिबद्धतासहित डाबर नेपालले आफ्नो सीएसआर पहल अन्तर्गत एचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको हो । इएचसीएफसँग हात मिलाएर डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वलाई आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान पुर्याउने बताएको छ ।

डाबर नेपालको यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया