Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधप्रहरीद्वारा रेड नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ

प्रहरीद्वारा रेड नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ


काठमाडौँ । सइन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई नेपाल प्रहरीले एक हप्ताको अवधिमा विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई प्रहरीले नेपाल ल्याएको हो ।

युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईबाट तीन तथा कुवेतबाट एकजनालाई नेपाल ल्याइएको प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताएका हुन् । विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो

प्रहरी नायब महानिरीक्षक कडायतका अनुसार यसअघि काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा, स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी र सर्लाहीको जानकीनगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको हो ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया