कर्णालीको चिङ्गाड गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौं । कर्णाली प्रदेशको चिङ्गाड गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई आबद्ध गर्ने चिङ्गाड कर्णाली प्रदेशको पहिलो गाउँपालिका बनेको छ ।
सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल र गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले चिङ्गाड गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनाभित्र समेट्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै सो पालिका कर्णालीकै पहिलो पालिका बनेको हो । कर्णाली प्रदेशको श्रमिकका हक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिन स्थापित गरेको गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले बताए । साथै, उनले योगदानमा आधारित सााजिक सुरक्षा योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा पहिलो चरणमा ५० जनालाई समेट्दै तीन सयको हाराहारीमा रहेका सबै श्रमिक मजदुरलाई कार्यक्रममा समेटिने जानकारी दिए ।
सामाजिक सुरक्षा कोषमा कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकलाई समेत अभिमुखीकरण कार्यक्रममार्फत आबद्धता गरिने उनले बताए । साथै, उनले सरकारी कार्यालयमा रहेका करार र ज्यालादारीमा रहेका कर्मचारीलाई समेत कोषमा आबद्ध गर्दै जाने बताए । यस्तै, कोषका निर्देशक उत्तमराज नेपालले कर्णाली प्रदेशमा हालसम्म दुई सय ५६ जना रोजगारदाता र एक हजार पाँच सय ४७ जना योगदानकर्ता कोषमा आबद्ध रहेको जानकारी दिए । यसैबीच कर्णाली प्रदेशभित्रका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्तालाई स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले सोमबार नै कोष र देउती अस्पताल सुर्खेतबीच सम्झौता भएको छ । देउती अस्पताल कर्णाली प्रदेशमै कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो अस्पताल समेत बनेको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 12
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया