Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफेवा किनारमा रोटरी कार्निभल हुने

फेवा किनारमा रोटरी कार्निभल हुने


पोखरा । पोखराको फेवाताल किनारमा रोटरी कार्निभल–२०२३ हुने भएको छ । पुस ७ मा हुने कार्यक्रमको तयारीमा रोटरी इन्टरनेसनल ३२९२ अन्तर्गतका पोखरामा रहेका ९ वटै क्लबहरू जुटेका छन् ।

कार्यक्रमबाट उठेको रकम जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरिने रोटरी कार्निभलका परिकल्पनाकार सुभास सिग्देलले जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि रोटरी कार्निभल महत्वपूर्ण हुने बताइएको छ । कार्यक्रममा यस क्षेत्रमा बाहुल्य गुरुङ, नेवारलगायत समुदायको नाच तथा विविध संस्कृतिसमेत प्रस्तुत हुनेछ । त्यहाँका करिब १० रेस्टुरेन्टले विभिन्न प्रकारका खानाका परिकार पस्किनेछन् । प्रवेशका लागि प्रतिव्यक्ति एक हजार लाग्नेछ । तर उक्त रकम बराबरको खानाको परिकार रोजेको रेस्टुरेन्टबाट खान पाइने व्यवस्था मिलाइएको छ । मार्किङ गरिएका रेस्टुरेन्टलाई दिइने छुटबापतको रकम भने बचत हुने कार्यक्रम संयोजक एवम् रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले बताए ।

कानिर्भलमा आठ सयदेखि नौ सय मानिसको सहभागिता हुने अनुमान छ । पोखरामा रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेसनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया