मेक्सवर्थ फाउन्डेसनबाट स्थानीय लाभान्वित
काठमाडौं । लण्डनस्थित कल्याणकारी संस्था मेक्सवर्थ फाउन्डेसनले नेपाल, युक्रेनलगायतका मुलुकमा सञ्चालित परियोजनाबाट स्थानीय समुदाय लाभान्वित भएको जनाएको छ । फाउन्डेसनका अनुसार अन्तर्राष्ट्रिय कल्याणकारी संस्था बी१ जी१ सँग समन्वय गरी एसिया, युरोप तथा अफ्रिकामा सञ्चालन गरिएका ७५ ओटा परियोजनाबाट हजारौँ मानिसहरू लाभान्वित भएका हुन् ।
लण्डनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेसनका संस्थापक सञ्जय शाहले इकोलोजाइसँग समन्वय गरी विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरूमा १६ हजार २४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७ दशमलव ९५ टन कार्बन कटौती भएको बताए । उनले आफ्नो संस्थाले अरु हजारौँ बिरुवाहरू रोप्ने दीर्घकालीन योजना बनाएको पनि जानकारी दिए । हालै रुसी अतिक्रमण झेलीरहेको युरोपेली मुलुक युक्रेनको पश्चिमी प्रान्त चर्निफ्त्सी पुगेर फर्केका शाहले त्यहाँ स्थानीय स्वयम्सेवकहरूको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरूलाई खाने कुरालगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको बताए ।
यस्तै, उनले प्रत्येक वर्ष नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेको जानकारी दिए । यस्तै, मेक्सवर्थ फाउन्डेसनले नेपालमा अपाङ्ग सरोकार केन्द्रमार्फत ह्विलचेयर वितरण गरेको थियो भने मानव सेवा आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहेका बाबाआमाहरूलाई भोजन प्रदान गरेको थियो । त्यस्तै, सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरूलाई पनि सहयोग गरेको जनाएको छ । यस्तै, उनले सन् २०२४ मा लन्डनमा एउटा च्यारिटी बल कार्यक्रम गर्ने योजना बनाएको शाहले बताए । उक्त कार्यक्रमबाट संकलित सम्पूर्ण रकम मेक्सवर्थ फाउन्डेसनलाई प्रदान गरिनेछ । त्यस्तै, आउँदो वर्ष मेक्सवर्थ फाउन्डेसनलाई युकेको च्यारिटी कमिसनमा दर्ता गर्ने योजना रहेको छ । मेक्सवर्थ एकाउन्टेन्टले आफ्नो वार्षिक आम्दानीको तीन प्रतिशत मेक्सवर्थ फाउन्डेसनलाई प्रदान गर्ने पनि जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया