Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलेखनाथ महोत्सव सुरु

लेखनाथ महोत्सव सुरु


काठमाडौं । कास्कीको पोखरामा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एक समारोहबीच उद्घाटन गरेका छन् ।

महोत्सव १६ गतेसम्म चल्ने छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९ औँ संस्करणको लेखनाथ महोत्सवमार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवद्र्धन गरिने बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू बिक्री तथा प्रदर्शनीमा राखिएको छ । महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।

विद्यालयस्तरीय शैक्षिक एवम् विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरूको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रमलगायतका थुप्रै कार्यक्रमहरू दर्शकको रोजाइमा पर्ने आयोजकको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया