Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले प्रविधि क्षेत्रमा योगदान पुर्याउने महिलालाई सम्मान गर्ने

एनसेलले प्रविधि क्षेत्रमा योगदान पुर्याउने महिलालाई सम्मान गर्ने


काठमाडौं । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ । कम्पनीका अनुसार यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनबाट सूचना प्रविधिको क्षेत्रमा पुर्याइएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कनपश्चात् अवार्डका लागि सात जना महिलाहरू छनोटमा परेका छन् । यही शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रत्येक वर्ष, आईसीटी फाउन्डेसन नेपाल र लिभिङ विथ आईसीटीले संयुक्तरूपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरू, नवप्रवर्तन र संघसंस्थाहरूलाई आईसीटी अवार्ड प्रदान गर्दै आएको छ । यो अवार्ड प्रदान गर्नका लागि एनसेलले आईसीटी अवार्डसँग सहकार्य गर्दै आएको छ । यो पुरस्कारको राशी नगद तीन लाख रहेको छ । गत वर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो । सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन् भने सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले पाएकी थिइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया