टिगमा अब रेस्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा
काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेस्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेस्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो ।
साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेस्ट्रो मोड्युल पनि थप गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले बताए । टिगलाई कर्णाली प्रदेशका दुर्गम जिल्लामा दुई दर्जनभन्दा बढी व्यवसायीहरूले यसअघिदेखि नै अकाउन्टिङ सफ्टवेयर निःशुल्क प्रयोग गरिरहेका छन् । टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघिदेखि नै उपलब्ध छ । रेस्टुरेस्ट, क्याफे वा मार्ट व्यवसायीहरूले सफ्टवेयरको डेमो निःशुल्क रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यसबाहेक टिगले व्यवसायीलाई तालिम समेत उपलब्ध गराउँदै आएको जनाएको छ । सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निःशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगकी सह–संस्थापक प्रार्थना शाखःले बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया