‘दि नेपाल डिस्टिलरिज’को ‘एरिस्टोक्र्याट’ बजारमा
काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिस्टोक्र्याट’ बजारमा ल्याएको छ ।
नेपाली ग्रेन स्पिरिट र स्कटिस मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको कम्पनीले जनाएको छ । हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा सूक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ । कम्पनीका अनुसार कुनै पनि उत्कृष्ट मदिरामा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्येक घुट्कीमा पाइन्छ । ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिस्टिलरिजका लागि विशेषरूपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपेली महलका स्तम्भबाट प्रेरित छ । यसको लेबल पनि निकै आकर्षक छ । जहाँ शक्ति र सहासको प्रतीक सिंहले हाम्रो सम्पदाको सुरक्षा गर्र्दै गरेको आकर्षक आकृति पनि राखिएको छ ।
नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए । उनका अनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिस्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि दुई वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको शृङ्खलाहरू सञ्चालन गरिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया