Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्रेट वाल मोटर्सको ‘विन्टर अफर’

ग्रेट वाल मोटर्सको ‘विन्टर अफर’


काठमाडौं । नेपालमा जीडब्लुएम सवारी साधनहरूको आधिकारिक वितरक, भीजी इम्पेक्स प्रालिले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूका साथ विन्टर अफर ल्याएको छ । यो सिजनमा लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न कम्पनीले यो अफर सार्वजनिक गरेको हो ।

लक्जरी ड्राइभ खोज्नेहरूका लागि जीडब्लुएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जीडब्लुएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा तीन लाख रुपैयाँसम्मको फाइदाहरू छन् । नौ लाख ४९ हजारको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको सेवा दिने बताइएको छ ।

यस्तै, कम्पनीको गियर अप फर ग्रेट डिल्स अफरमा जीडब्लुएमका प्रिमियम एसयूभीहरूमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् । यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेषरूपमा तयार पारिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया