वातावरण प्रदूषण तथा जलवायुको असर न्यूनीकरण गर्न विज्ञहरुको जोड
काठमाडौं । हामीले कस्तो प्रकारको भविष्य निर्माण गर्ने भन्ने कुरा मानिसको आफ्नै हातमा छ र त्यसबारे युवाहरुबीच सहकार्य र छलफल हुनपर्ने कुरा मिस नेपाल वल्र्ड श्रीच्छा प्रधानले एक अन्तक्र्रियामा औल्याएकी छन् । ‘लैण्ड आवर फ्युचर’ नामक संस्थाको प्रथम राष्ट्रिय सम्मेलनमा काठमाडौंमा आज(शनिबार) आयोजित कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘हामीले विकासको कुरा गर्दा मानिसलाई केन्द्रविन्दुमा राखेर हैन प्रकृति र सम्पूर्ण प्राणीहरुलाई केन्द्रमा राखेर योजना बनाउनु पर्छ । प्रकृतिको उचित संरक्षण र सम्वध्र्दन गर्न सकेमात्र मानव जातीको भविष्य सुरक्षित रहने छ ।’
सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वैकल्पिक उर्जा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वातावरण संरक्षण र जलवायुका समस्यालाई सम्बोधन गर्न नसके गरिब र धनीबीचको खाडाल झन ठूलो हुँदै जाने विचार व्यक्त गरे । उनले वर्तमान् समयमा नवीकरणीय उर्जा प्रवध्र्दनको क्षेत्रमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गरे ।
कार्यक्रमका अर्का विशेष अतिथि पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साहले नेपाल जैविक विविधताको धनि राष्ट्र भएको कुरामाथि प्रकाश पार्दै वातावरण संरक्षणको निम्ति परम्परागत प्रविधिको सट्टा नवीकरणीय उर्जाको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले युवाहरुलाई खाना, पानी, इनर्जी आदिलाई खेर नफाली अगाडी बढ्न सुझाव दिए ।
त्यस्तै, संस्थाका सल्लाहकार तथा पूर्व वातावरण मन्त्री सुनिल मानन्धरले जलवायु परिवर्तनको समस्यासँग जुध्ने र वातावरण संरक्षणलाई प्रभावकारी रुपमा अगाडि बढाउने जिम्मा युवाहरुको काँधमा आएको विचार व्यक्त गरे ।
डिल्लीबजारस्थित कलेज अफ विजनेस मैनेजमेण्टको हलमा आयोजित सो सम्मेलनमा संस्थाका अध्यक्ष अभिनव चौधरी, युवा वैज्ञानिक तथा कलेजका डाइरेक्टर शिशिर जि.सी., उद्यमी कुशल गुरुङलगायतका वक्ताहरुले जलवायु संरक्षण तथा वातावरण संरक्षणका विविध पक्षहरुमा प्रकाश पारेका थिए । विज्ञान, वातावरण, कृषि आदि विविध क्षेत्रका विशेषज्ञ, युवा तथा विद्यार्थीहरु गरी करिब सय जनाको उपस्थितिमा आज सुरु भएको सो सम्मेलन भोलि आइतबार(दुई दिन)सम्म चल्ने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया