सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ थालियो
सर्लाही । सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुई वटाले उखु क्रसिङ सुरु गरेका हुन् ।
हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर २६ गतेदेखि चालु यामको उखु क्रसिङको तयारी थालेको इन्दुशङ्करले जिल्लाका उखु उत्पादक किसानले आन्दोलन थालेपछि उखु उत्पादक किसानको आग्रहलाई स्वीकार गर्दै केही समय क्रसिङ रोकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।
मंसिर २६ गतेदेखि नै उखु क्रसिङ थाल्ने उद्योगको तयारी थियो । उखु उत्पादक किसानले राज्यले चालु यामका लागि उखुको मूल्य निर्धारण नगरेको र गतवर्ष उखु बिक्री गरेका उखु उत्पादक किसानलाई दिनुपर्ने अनुदानबापतको ५२ करोड रुपैयाँ हालसम्म पनि भुक्तानी नगरेको भन्दै आन्दोलन गरेका थिए । उखु उत्पादक किसानको सहमतिमा चालु यामको क्रसिङ सुरु गरिएको प्रबन्धक रजकको भनाइ छ ।
उनका अनुसार उद्योगले चालु याममा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । उद्योगले गत वर्ष २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस्तै, महालक्ष्मी चिनी उद्योग बगदहले पनि उखु क्रसिङ थालेको छ । सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ निर्धारण गरेको छ । राससले जनाएनुसार मूल्य निर्धारणप्रति उखु उत्पादक किसान असहमत रहेका नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया