Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको विशेष घर कर्जा

ग्लोबल आइएमई बैंकको विशेष घर कर्जा


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूले सहजरूपमा कर्जा सार्न सक्ने छन् ।

यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले पाँच वर्षसम्मको अवधिका लागि नौ दशमलव ९९ देखि १० दशमलव ९९ प्रतिशत, पाँचदेखि १० वर्षसम्मका लागि १० दशमलव ९९ देखि ११ दशमलव ४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११ दशमलव ४९ देखि ११ दशमलव ९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । बैंकले ग्राहकलाई छिटो, छरितो एवम् सहजरूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहीत रहीे आवश्यक कागजातहरू पेश गरेको तीन कार्य दिनभित्र विनाझन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहकहरूले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका तीन सय ५५ वटा शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्ने छन् । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरूलाई हार्दिक अनुरोध छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनि यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया