Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त

नेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त


काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयअनुसार पाण्डेयलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत हुन आवेदन दिएका पाँच जना प्रतिस्पर्धीहरूमध्येबाट व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको हो । नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृत हुन पाण्डेयसँगै अशोककुमार पौडेल, धु्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टले आवेदन दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया