Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सीप्रति पूर्वाग्रह राखिएको छैन’

‘विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सीप्रति पूर्वाग्रह राखिएको छैन’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सीप्रति कुनै पूर्वाग्रह नराखेको बताएकी छिन् । नेपाल विज्ञापन संघ(आन)को २४ औँ साधारणसभामा उनले विज्ञापन बोर्डमा आनको क्षेत्रगत प्रतिनिधित्व गराउने समेत बताइन् ।

कार्यक्रममा उनले सरकारले विज्ञापन नियमावली ल्याएर एजेन्सीको पहिचान गराएको बताइन् । संघका सुुझावलाई सधैँ सकारात्मकरूपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता समेत जनाइन् । विज्ञापन एजेन्सीहरू मिडिया र विज्ञापन दाताको बीचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापनचक्रका साझेदारहरूले सहकार्य समन्वयमा काम गर्नुपर्ने उनको भनाइ थियो । अन्यथा अब बन्ने नियमावलीले त्यसलाई बाँधी कारबाहीको दायरामा ल्याउने उनले जानकारी दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरू र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले संघबाट बोर्डका हरेक कदममा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए । मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारबाट आमसञ्चार क्षेत्रको संरक्षण तथा विकासका लागि अनियन्त्रित युटुब तथा सामाजिक सञ्जालमा विज्ञापनमा रोक लगाउनुपर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया