एनआईसी एसिया बैंकले प्राप्त ग-यो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’
काठमाडौं । एनआईसी एसिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’बाट एनआईसी एशिया बैंक सम्मानित भएको हो ।
बैंकले अन्तर्राष्ट्रियस्तरको अनलाइन भुक्तानी सेवा साइबर सोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरूबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवाबाट बैंकले इ–कमर्स कम्पनीहरू, एयरलाइन्स, मोबाइल बालेट, ट्राभल्स एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यावसायिक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबर सोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रूपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरू (भीएएस) उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरू प्रदान गरिएको हो । लाखौँ ग्राहकहरू माझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ विभिन्न डिजिटल तथा कार्ड सेवाहरू उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरूलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूमा पु¥याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, छ सय ६६ एटीएम, एक सय ११ वटा विस्तारित काउन्टर एवम् ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया