Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट


काठमाडौं । नेपाली ब्रान्ड सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको छ । कम्पनीले सो अफर पुस १५ गतेसम्म सञ्चालनमा रहने जनाएको छ । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा कम्पनीले वार्षिकरूपमा विन्टर छुट योजना चलाउने गरेको छ ।

यस छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया