सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट : पाँच कम्पनीमा लगानी गर्न लगानीकर्ता इच्छुक
काठमाडौं । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्टमा सहभागी पाँचवटा स्टार्टअप कम्पनीमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् ।
दोस्रो संकरणको सो फेस्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल नौमध्ये पाँच वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका हुन् । मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरूको आवेदन परेको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका नौवटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतिको अवसर दिइएको थियो । त्यसमध्ये गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटीओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङ स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका छन् । यी स्टार्टअपमा यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायबल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टिम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् ।
सो कार्यक्रममा विभिन्न विधामा स्टार्टअप कम्पनीहरूलाई अवार्ड समेत प्रदान गरिएको थियो । कार्यक्रममा हाम्रो पात्रो हेल्थलाई स्टार्टअप अफ द इयरको अवार्ड प्रदान गरिएको थियो । यसैगरी बेस्ट इनोभेसन अफ द इयर अल्लोइ प्रालि, कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रिन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेस्ट फर इम्प्याक्ट नेपाल, वमन इन आन्टरपेनर्स डा प्रतिभा पाण्डे, वेस्ट स्टार्टअप आईडिया रेः मिनी ई–स्कुटर र वेस्ट पीचडेक अवार्ड एसटीओएमपीले प्राप्त गरे । यसैगरी नबिल एसएसई एक्सिलेन्स अवार्ड अम्बिता भण्डारीले प्राप्त गरे । यस्तै, एनआईएमबी एस क्यापिटलले डेलिस डायरिजमा लगानीको घोषणा गरेको छ ।
अवार्डबाट सम्मानित स्टार्टअपलाई परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको एक वर्षका सदस्यता प्रदान गरेको छ । स्टार्टअप फेस्टको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा उनले हाल नेपालमा सूचना प्रविधिको बढ्दो प्रयोग एवम् नवीन व्यावसायिक सोच युक्त उद्यमशील संस्कारको विकास भइरहेको बताए । स्टार्टअपमा आधारित व्यवसाय थालनी गर्ने र सञ्चालनमा रहेका स्टार्टअपलाई स्तरोन्नति गर्न चाहने उद्यमीलाई आवश्यक ज्ञान, सिप, प्रविधि र अनुभव हस्तान्तरण गर्न, वित्तीय पहुँच र सहयोग बढाई स्टार्टअप अनुकूल इकोसिस्टम विकास गर्नु जरुरी भएको उनले बताए ।
नवीनतम उद्यम तथा स्टार्टअपलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट आवश्यक सम्पूर्ण नीतिगत तथा कार्यगत सहयोग गर्न मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदा तयार गरेको उनले जानकारी दिए । स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न कार्यविधिको मस्यौदा समेत तयार भई स्वीकृतिको चरणमा रहेको उनको भनाइ थियो । कार्यविधि तर्जुमा भएपछि स्टार्टअप उद्यमीलाई २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा तीन प्रतिशत ब्याजमा उपलब्ध गराउने गरी कानुनी व्यवस्था मिलाइने उनले बताए ।
कार्यक्रमा नेपाल उद्योग परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीलाई साथमा लिएर स्टार्टअप इकोसिस्टम निर्माण गर्न स्टार्टअप फेस्टको आयोजना गरेको बताए । नवीन सोच भएका स्टार्टअपहरूलाई लगानी जुटाउने, स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना विकास गराउने उद्देश्यले फेस्ट आयोजना गरिएको उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया