वायुसेवा निगम र थाइ एयरवेजबीच सम्झौता
काठमाडौं । नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्यान्डलिङसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाइ एयरवेजका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्नो उडानको सेल्फ ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले सेल्फ ह्यान्डलिङ गर्न छोडी निगमसँग ग्राउण्ड ह्यान्डलिङ सेवा लिन थालेको हो । २९ अक्टोबर, २०२३ देखि नै निगमले थाई एयरवेजको ग्राउण्ड ह्याडलिङ गर्दै आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
यस्तै, थाई एवरवेजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ८० थान ग्राउण्ड ह्याडलिङ सामग्री समेत नेपाल वायुसेवा निगमले लिनेगरी सम्झौता गरेको छ । नेपाल सरकारले गत साउन ३ गते थाई एयरवेजको ह्याडलिङ सामग्री लिन निगमलाई स्वीकृति दिएको थियो । सो स्वीकृतिअनुसार आवश्यक समन्वय गरी उक्त सामग्रीहरू निगमको स्वामित्वमा रहने गरी मंसिर ३० गते हक हस्तान्तरण सम्झौता समेत गरिसकेको निगमले जनाएको छ । निगमको ग्राउण्ड ह्याडलिङ सेवालाई थाई सरकार तथा राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले गरेको विश्वासप्रति निगमले धन्यवाद समेत दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया