पोखरामा कारको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु
पोखरा । पोखरा महानगरपालिका वडा नं.५ प्रस्याङचोक नजिकै गएराति डरलाग्दो सवारी दुर्घटना भएको छ । सो दुर्घटनामा दुई जना पैदलयात्रीले ज्यान गुमाएका छन् ।
गएराति १ बजेतिर प्रस्याङ चोकबाट सिद्धार्थचोक जानेतर्फको छेवैमा तीव्र गतिमा आएको बा१३च ३७२१ नम्वरको कारले ठक्कर दिँदा दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । कार दुर्घटनास्थलमै उत्तानो परेर पल्टिएको र कारका अगाडिको संरचना ध्वस्त छ, साथै कारको ठक्करबाट सडक पेटीभन्दा केही पर रहेको रुखसमेत जरासँगै उप्किएको छ । कार चालक फरार छन् ।
दुर्घटनामा मृत्यु भएका एक जनाको टाउको शरीरबाट छुटिएर नचिनिने अवस्थाको भएको छ । मृत्यु हुनेमध्ये एक जना बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ का अन्दाजी ३५ वर्षका ढालेन्द्र छन्त्याल रहेका छन् । अर्का युवकको परिचय खुल्न सकेको छैन ।
प्रहरी बिट प्रस्याङका अनुसार दुवैको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको कार वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । कार चालकको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया