अल्टिमा लाइफस्टाइल बन्यो सबैभन्दा छिटो कारोबार वृद्धि गर्नेे नेपाली एसेसरिज ब्राण्ड
काठमाडौं । अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा सात सय प्रतिशतले वृद्धि गरी सबै रेकर्ड तोडेको छ । यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरेलगतै अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको हो ।
अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको हो । आफ्नो उल्लेखनीय बिक्री आँकडा, ग्राहक सन्तुष्टि र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरू बीच अल्टिमा लाइफस्टाइल माथि उठेको छ ।
ग्राहकको सन्तुष्टिलाई निरन्तर प्राथमिकता दिँदै एक उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने, कम्पनीले नयाँ उत्पादन, अभियान र पहलहरू सुरु गरेर नवीनता र प्रतिक्रियात्मकता प्रदर्शन गर्ने, दाराजमा अत्यधिक अर्डरहरू प्राप्त गर्ने आदिले गर्दा अल्टिमा लाइफस्टाइल दराजको सेलर अफ द इयर अवार्डको हकदार बनेको हो ।
वार्षिक कारेबारमा वृद्धि गरेको अल्टिमा लाइफस्टाइलले सन् २०२२ फेब्रुअरीदेखि दराज यात्रा र यही वर्ष नै आफ्नो अफिसियल वेवसाइट सुरु गरेको थियो । यो छोटो अवधिमा अल्टिमाले सबै विधामा १९ हजार बिक्रेताहरूमध्ये उत्कृष्ट रही उक्त उपाधि जितेको छ ।
अबका दिनहरुमा अझै केही नयाँ क्याटेगरीहरू आरम्भ गर्ने अल्टिमाले जनाएका छ । कम्पनी ब्रान्ड म्यानेजर अमन गुप्ताका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश छन् । उनले अल्टिमा लाइफस्टाइलले २० भन्दा माथि आधिकारिक स्टोरहरू खोल्ने बताउँदै अल्टिमा एक्सचेन्ज मेला गर्ने पनि बताए । अल्टिमा लाइफस्टाइल नेपालको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया