Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार ७० बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ७० बिन्दुमा खुम्चियो सेयर बजार

१७ अंकले ओरालो लाग्दा पाँच अर्ब २४ करोडको सेयर खरिद– बिक्री


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक नेप्से १७ दशमलव २३ अंकले ओरालो लागेर दुई हजार ७० दशमलव ८४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २५ अंकले ओरालो लागेर तीन सय ८७ दशमलव शुन्य सात बिन्दुमा झरेको छ ।

धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ७६ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ रुपैंयाँ ३७ पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष र निर्जीवन बीमा समुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया