Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यसअन्तर्गत हेटौंडाको भुङ्ग्रो थकालीको फुड एण्ड बेभरेजमा १० प्रतिशत, काडमाडौंको न्युरोडस्थित एन्जल ज्वेर्लस प्रालिमा सुनका गहना बनाउने कार्यमा ४० प्रतिशत, भैरहवाको गाउँले चुलो खाना र खाजामा १० प्रतिशत, महराजगञ्जको अग्लिअस डायगोनोस्टिकको सबै प्रकारको ल्याब टेस्टमा १५ प्रतिशत, हेटौंडाको पल्पसा प्याराडाइज होमको फुड एण्ड बेभरेजमा १० प्रतिशत र रुमा १५ प्रतिशत, सुन्धाराको एक्सप्रेस म्याग्दी होटलको सबै सेवामा १० प्रतिशत, हेटौंडाको क्विक ट्वान्टी होटलको फुड एण्ड बेभरेजमा १० प्रतिशत र कोठामा १५ प्रतिशत र हेटौंडाकै हिमालयन स्विट एण्ड बेकरीमा पनि केही प्रतिशत छुटको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया