पालिकालाई हिलोमुक्त बनाउने प्रयास
दोलखा । जिल्लास्थित बैतेश्वर गाउँपालिकाका ग्रामीण सडकमा धमाधम ढलान गर्ने कार्य भइरहेको छ । पालिकाको वडा नम्बर–३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक मैनापोखरी ज्यामिरे– बगर सडक र वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदानमा मैनापोखरी ज्यामिरे–बगर सडकको ढलानको काम भइरहेको छ । उक्त सडक निर्माण गर्न बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । यस सडकको ढलान कार्य बैतेश्वर गाउँपालिकाले ठेक्कामार्फत गरिरहेको छ । यस सडक खण्डमा पहिलो चरणमा करिब साढे पाँच सय मिटर सडक ढलान हुने पालिकाका सब–इन्जिनियर विश्वास घिमिरेले बताए । यसैगरी वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख रुपैयाँ अनुदानमा दुई सय मिटर ढलान सम्पन्न भइसकेको छ ।
त्यसैगरी अस्पताल–पाँडुडाँडा सडक र वडा नम्बर– ६ र ७ लाई जोड्ने च्यानडाँडा–छाप सडकमा पनि ढलान गर्नका लागि तयारी थालिएको छ । च्यानडाँडा–छाप सडक ढलानको लागि पनि पालिका र प्रदेश सरकारले ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै नाम्दु– पाँडुडाँडा सडक ढलान गर्न संघीय सरकारको ७५ लाख अनुदान र पालिकाले एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पालिकाले पुराना चार सडक गोपी–जोरमाने सडक, बुस्ती– पुतलीकाठ सडक, देउराली– क्षेत्रपा सडक ढलान गर्न पनि प्रतिसडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । सडकमा ढलान गर्न सुरु गरेसँगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तीव्रता दिएका छन् ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया