सिद्धार्थ बैंकले मनायो २१ औँ वार्षिकोत्सव
काठमाडौं । सिद्धार्थ बैंकले स्थापनाको २१ औं वर्ष पूरा गरेको छ । बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो ।
बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको ’कफी टेबल बुक’ पनि सोही कार्यक्रममाझ सार्वजनिक गरेको छ । सोही कार्यक्रममार्फत बैंकले आफ्ना पूर्वसञ्चालक समितिका सदस्यहरू एवम् पूर्व प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ ।
वार्षिकोत्सवकै अवसर पारेर बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ। सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरूले यस कार्डको प्रयोग गरी चार सय ५० भन्दा बढी युएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, यस कार्ड प्रयोगकर्ताहरूलाई आउँदा दिनहरूमा थप सुविधाहरू पनि उपलब्ध गराउने योजना रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया