Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदमुक्तिनाथ क्षेत्रमा स्कि च्याम्पियनसिप हुने

मुक्तिनाथ क्षेत्रमा स्कि च्याम्पियनसिप हुने


काठमाडौ । नेपाल स्कि संघको आयोजनामा मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पाँचौँ राष्ट्रिय स्कि च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी माघको दोस्रो सातामा सो प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

संघका महासचिव विजय श्रेष्ठका अनुसार प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ, त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा समावेश गरिएको छ । प्रतियोगिताका लागि आयोजना हुने प्रशिक्षणमा ५० जनाको सहभागिता हुने उनले जानकारी दिए । त्यसमध्ये उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने भएको छ । प्रशिक्षण मुक्तिनाथको प्रतियोगिता स्थलमै हुने बताइएको छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने आयोजकले जनाएको छ । सन् २०२४ मा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यो प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी खेलकुद परिषद् र नेपाल पयर्टन बोर्डको साथ रहनेछ । यसैगरी मनकामना केबलकार र पोडवे नेपालले प्रायोजन गर्ने भएको छ । साथै सन् २०२४ को जनवरी–फेब्रुअरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्समा नेपालका तर्फबाट छनोटका भएका छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले सहभागिता जनाउने पनि सम्मेलनमा जानकारी दिईएको थियो । तामाङ र राईले पनि अल्पाइन जायन्ट स्लालामै सहभागिता जनाउने छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया