Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानको भूकम्प केन्द्र इशिकावा क्षेत्रमा १३ जनाको मृत्यु

जापानको भूकम्प केन्द्र इशिकावा क्षेत्रमा १३ जनाको मृत्यु


काठमाडौं । जापानको भूकम्पमा परी भूकम्पको केन्द्रबिन्दु इशिकावा क्षेत्रका १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर, पछि ती सूचनाहरु हटाइएको थियो ।

जापानको सरकारी सञ्चार माध्यमका अनुसार अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनका अनुसार उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको छ । एजेन्सी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया